You are viewing the translated version of मुद्दाको अनुसन्धान र दायरी.
Section 46
मुद्दाको अनुसन्धान र दायरी
(१) यस ऐन बमोजिम सजाय हुने कसुर सम्बन्धी -मुद्दाको अनुसन्धान सम्बन्धित खाद्य निरीक्षण अधिकारीले गर्नेछ।
(२) उपदफा (१) बमोजिम मुद्दाको अनुसन्धान गर्ने खाद्य निरीक्षण अधिकारीले यो ऐन वा प्रचलित कानून बमोजिम अनुसन्धान अधिकारीलाई प्राप्त अधिकारको प्रयोग गर्न सक्नेछ।
(३) खाद्य निरीक्षण अधिकारीले उपदफा (१) बमोजिम अनुसन्धान, तथा तहकिकातको काम पूरा भएपछि मुद्दा चल्ने वा नचल्ने निर्णयका लागि सम्बन्धित सरकारी वकील समक्ष पठाउनु पर्नेछ र सरकारी वकीलबाट मुद्दा चल्ने निर्णय भएमा खाद्य निरीक्षण अधिकारीले मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नेछ।